महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

१ हप्ता अगाडि

काठमाडौँ - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरू शालिक राम बेलबासेको नाममा रहेको ३ हजार ८८६  र प्रिजम कलर स्क्यानिङ्ग एण्ड प्रेस सपोर्टको नाममा रहेको ४१ हजार २७ कित्ता  कित्ता सेयर बिक्रीमा राखेको हो ।

यो सेयरमा संस्थाका हाल विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न ईच्छुक संस्थाका सेयरधनीहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र सप्तरीको महुलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

 

१ हप्ता अगाडि

प्रतिक्रिया