सेयर बजारमा गिरावट, कारोबार रकम कति ?

१ हप्ता अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । आइतबार बजार २४.५८ अंकले घटेर १९७४ को विन्दुमा कायम हुन पुगेको छ । 

आज नेप्सेमा कारोबार भएको आज ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट हुँदा आउँदा ११ वटा उपसूचकमा राताम्मै भएको छ । यस दिन पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९२ प्रतिशतले घटेको हो । त्यसैगरी, सिंगटी हाइड्रोको ७.५५ प्रतिशत, हिमालयन डिस्टीलरीको ६.३३ प्रतिशत, जानकी फाइनान्स कम्पनीको ५.६९ प्रतिशत, बोटलर्स नेपाल (तराई) को ५.२३ प्रतिशतले सेयर मूल्य घटेको छ ।सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

लगानिकर्ता झुम्मिएका कम्पनीहरु
यस दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १२ करोड ६४ लाख ९९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ११ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै पोखरा फाइनान्सको ११ करोड ७० लाख ७६ हजार रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ११ करोड ५ लाख रुपैयाँ र शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको ९ करोड ३४ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो । 

सेयर मूल्य बढेका कम्पनीहरु
यस दिन  दोल्ती पावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.५६ प्रतिशतले बढेको हो । त्यसैगरी, साधना लघुवित्तको ८.७२ प्रतिशत, समता लघुवित्तको ८.७२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया