रातो मत्स्येन्द्रनाथको रथारोहण आज

१ हप्ता अगाडि

काठमाडौँ - अन्न र वृष्टिका देवता  रातो मत्स्येन्द्रनाथको रथारोहण आज (बिहीवार) साँझ पुल्चोकमा हुँदैछ । रथारोहणको लागि बुधबार मातातीर्थ औँशीको दिन मत्स्येन्द्रनाथका पुजारीहरू ललितपुरको देवीचौरस्थित कटुवाल दहमा मत्स्येन्द्रनाथ देवता ल्याउन रात बस्न गएका थिए ।

बिहीवार बिहान पूजा गरेर कटुवाल दहबाट देवता ल्याउने चलन छ । रथजात्रा गर्न त्रयोदशी भुवनको प्रतीकका रूपमा तेह्र तला र बत्तीस लक्षणको हिसाबमा बत्तीस हातको रथ बेत र काठमात्र प्रयोग गरी पुल्चोकमा तयार पारिएको छ । रथारोहण गराउन मूर्तिलाई तःबहालस्थित मन्दिरबाट खटमा राखी पुल्चोक पुर्‍याउने चलन छ ।

साथमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि छत्रले ओढाई राजकीय सम्मानका साथ लगिन्छ । मूर्तिलाई पुल्चोक लग्नुअघि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको ऐतिहासिक खड्गलाई भक्तपुर राजदरबारबाट छत्रले ओढाइ  (म्वाली-सहनाई) र नायखी बाजा बजाई मत्स्येन्द्रनाथको मन्दिरभित्र लगेर कोतः पूजा गर्ने चलन छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया