बेथरी पुल एक दशकदेखि अलपत्र

१ हप्ता अगाडि

काठमाडौँ - भैरहवा–लुम्बिनी सडक खण्ड अन्तर्गत वनगाईस्थित बेथरी पुल निर्माणको ठेक्का लगाएको एक दशक भए पनि अझैसम्म निर्माण सम्पन्न भएको छैन । २०७१ सालमा बेथरी पुल नामकरण गरी तिनाउ र डण्डा खोलाका दुई पुल निर्माण गर्न ठेक्का लगाइएको थियो ।

तिनाउबाट डण्डासम्म ६ किलोमिटर दुरीमा पर्ने ती दुवै पुल साँघुरो भएपछि एकतर्फी सवारी चलाउनु परेको छ । सुरुमा काम गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगरेपछि २०७८ साल मंसिरमा नयाँ ठेक्का लगाउनुपरेको थियो । तर ठेकेदार कम्पनी परिवर्तन गरे पनि काम उस्तै सुस्त हुँदा यात्रुहरूलाई सास्ती भएको लुम्बिनी विकास कोषका कोषाध्यक्षले बताए । पप्पु बागमती जेभी कन्स्ट्रक्सनले बेथरीका दुई पुल निर्माणका लागि २०७१ असार २५ गते सम्झौता गरेको थियो । तर समयमै निर्माण सम्पन्न गर्न नगरेपछि रमण रियल होम ईन्फोटेक जेभी ललितपुरलाई जिम्मा दिएको हो । रमण रियल होम ईन्फोटेक जेभीसँग १० करोड रुपैयाँमा २०८० मंसिरमा निर्माण सक्ने गरी सम्झौता गरेको हो ।

ठेकेदारले विभिन्न समस्या देखाउँदै म्याद थप्न आग्रह गरेपछि २०८१ माघसम्म म्याद थपिएको उक्त पुल हेर्ने जिम्मा पाएको कपिलवस्तु हुलाकी सडक परियोजना सूचना अधिकारी इन्जिनियर ले  बताए । दुईवटा पुलमध्ये तिनाउ पुलको धेरै काम सकिएको उनले बताए । उनले डण्डा खोलाको पुलमा पनि अब पिलर राख्ने काम हुने बताए । उनले भने, ‘पछिल्लो समय राम्रो काम भएको छ । ठेकेदारले मंसिरसम्म काम सक्ने विश्वास दिलाएका छन् ।’

१ हप्ता अगाडि

प्रतिक्रिया