फिल्म ‘खजुरे ब्रो’ सार्वजनिक

१ हप्ता अगाडि

काठमाडौँ - फिल्म ‘खजुरे ब्रो’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै ‘खजुरे ब्रो’ले शुक्रबारदेखि देशभर एकल प्रदर्शन अवसर पाएको हो ।

‘खजुरे ब्रो’ सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको फिल्म हो । साथीको सम्बन्ध र पैसाले श्रीमान् श्रीमतीको सम्बन्धमा ल्याउने उतारचढावको कथा बोल्ने फिल्म सुरज सुनुवार र नवीन मानन्धरले निर्माण गरेका हुन् । फिल्मले सहकारी ठगीको विषय समेत गम्भीर रूपमा उठाएको हो । फिल्ममा रेअर राइ, नीति शाह, नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय छ ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो । फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रूपमा छन् । रोहित रत्नको आरआर फिल्मस्ले वितरण गरेको फिल्मको कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर विशंखेको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्ममा  अनमोल गुरुङको सङ्गीत छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया