फिल्म ‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक

१ हप्ता अगाडि

काठमाडौँ - फिल्म ‘लण्डन टु पेरिस’ ले टिजर सार्वजनिक गरेको छ। टिजरमा फिल्मका मुख्य कलाकार निश्चल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहबिचको प्रेम र खटपटलाई देखाइएको छ । 

 टिजरमा उनीहरूको रोमान्ससँगे झगडा पनि देखाइएको छ । टिजरमा अन्य कलाकार कवीर खड्का, गरिमा शर्मा पनि देखिएका छन् । घनश्याम लामिछाने निर्देशित फिल्ममा निश्चल, साम्राज्ञी, कवीर र गरिमाको अलवा रुस्मा थापा, मनीष श्रेष्ठ, लोकविक्रम मल्ल र मनीष गान्धीको समेत अभिनय छ । 

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया