रारामा रिसोर्ट निर्माण

शनिबार, २९ बैशाख २०८१, १२ : २०

काठमाडौँ - मुगु जिल्लाको रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएको छ ।  

अष्ट्रेलियन एक्सपर्ट गुप्रसँग रारा रिसोर्ट निर्माणका लागि साझेदारी गरेको रारा होल्डिङ प्रालिले शुक्रबार काठमाडौँमा मुगुका स्थानीयवासी, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिसँग गरेको अन्तक्र्रियामा त्यहाँका बासिन्दा रारामा वैदेशिक लगानी भित्रिन लागेकोमा स्थानिय  खुसी छन् । तेस्रो नेपाल लगानी सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ र सचिव दीपक काफ्लेको उपस्थितिमा रारा रिसोर्टमा लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब रु ७० करोड लगानी हुने भएको छ  । रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग हुने छ ।  

मुगुवासीको सहकार्यमा यस परियोजनालाई आगामी १८ देखि २२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनामा दोस्रो चरणमा रु ४० करोड लगानी थप हुने निर्माण कम्पनीले जनाएको छ ।

शनिबार, २९ बैशाख २०८१, १२ : २०

प्रतिक्रिया