दुबईमा सम्पन्न कोडेभर ५.० मा नेपाली विद्यार्थीहरू चम्किए

सोमबार, ३१ बैशाख २०८१, ०९ : ४५

काठमाडाैंँ- दुबईमा सम्पन्न कोडेभर ५.० कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थीहरूले असाधारण प्रदर्शन गरेका छन् । तीनओटा महत्वपूर्ण अवार्ड जितेर देशको इज्जत बढाएका हुन् । उक्त कार्यक्रममा १८ भन्दा बढी देशका प्रतियोगीहरूको सहभागिता थियो ।

यो यात्रा एक समर्पित देशीय साझेदार निमा एजुकेसन फाउन्डेसन र प्रतिष्ठित कोडेभर ५.० कोडिङ प्रतियोगिताको आयोजक स्टिमपिडिया बिचको समन्वयात्मक सहकार्यबाट सुरु भएको हो । नेपालका विद्यालयहरूका लागि पहिलो पटक अन्तर्राष्ट्रिय कोडिङ र रोबोटिक्स प्रतियोगिता सुरु गर्न विभिन्न विद्यालयहरूको भ्रमण गरी राष्ट्रव्यापी मार्केटिङ अभियान सुरु गरिएको थियो । यस पहलको उद्देश्य देशभरबाट शीर्ष कोडिङ र रोबोटिक्स प्रतिभाहरू पहिचान गरी सहयोग गर्नु हो ।

फेबु्रअरीमा सम्पन्न एक सफल राष्ट्रिय कार्यक्रमपछि दुबईमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्न शीर्ष परियोजनाहरू छनोट गरियो । विद्यार्थीहरूले प्रस्तुति सिपमा गहन तालिममार्पmत आफ्ना परियोजना डिजाइन सुधार तथा अद्यावधिक गरी एआई रोबो सिटी च्यालेन्ज ट्रयाक अगाडि बढाए । सल्लाहकारहरूको मार्गदर्शन र सहयोगबाट उनीहरूले कडा मेहनत गरे । यस अभियानमा विद्यालय र अभिभावकले पनि सहयोगी भूमिका खेलेका छन् । नेपाली टोलीले आफ्नो कडा मिहिनेत र लगनशीलताको फलस्वरूप कोडेभर ५.० मा तीन प्रतिष्ठित अवार्ड जित्न सफल भएका छन् ।

नेपाली विद्यार्थीहरूले गरेको उत्कृष्ट कामले उनीहरू कोडिङ र रोबोटिक्समा अब्बल रहेको देखाउँछ । यसले उनीहरूले नयाँ र रचनात्मक सोचमार्पmत विश्वव्यापी समस्याहरू समाधान गर्न सक्छन् भन्ने पनि देखाउँछ । सहभागीहरूले समस्या समाधान गर्ने, टोलीमा काम गर्ने, आलोचनात्मक रूपमा सोच्ने, रचनात्मक रूपमा परियोजनाहरूलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने जस्ता महŒवपूर्ण सिपहरू सिके । यी सिपहरूले उनीहरूलाई भविष्यमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितसँग सम्बन्धित क्रियाकलापमा धेरै मद्दत गर्ने छ ।

यसबाहेक, अन्तर्राष्ट्रिय स्तरको यस सहभागिताले विद्यार्थीहरूलाई विभिन्न देशका साथीहरूसँग जोडिने, दुबईको जीवन्त सहर अवलोकन गर्ने र कोडिङ तथा रोबोटिक्स प्रतियोगिताहरूको विश्वव्यापी परिदृश्य अनुभव गर्ने सुनौलो अवसर प्रदान गरेको छ । कोडेभर ५०मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन ग¥यो । यसले निमा एजुकेसन फाउन्डेसन युवाहरूलाई क्त्भ्ः को क्षेत्रमा अब्बल बनाउन मद्दत तथा सहयोग गर्न प्रतिबद्ध छ भन्ने देखाउँछ । सहभागीहरूको यो सफलताले यस क्षेत्रमा राम्रो गर्न चाहने अन्य विद्यार्थीहरूलाई पनि प्रेरित गर्न सक्छ । यसले कोडिङ र रोबोटिक्स सिपका लागि नेपाल विश्व मञ्चमा उत्कृष्ट स्थान बन्न सक्ने सम्भावना रहेको पनि देखाउँछ ।


 

सोमबार, ३१ बैशाख २०८१, ०९ : ४५

प्रतिक्रिया