शुक्रबार सोल्टीमा भारतीय गायक राघवले प्रस्तुति दिने

सोमबार, ३१ बैशाख २०८१, १७ : ३४

काठमाडौं - भारतीय गायक राघवले नेपालमा आफ्नो प्रस्तुति दिने भएका छन् ।आगामी शुक्रबार (मे १७ तारिक) काठमाडौंको सोल्टी क्राउन प्लाजामा आफ्नो प्रस्तुति दिन उनी काठमाडौं आउँदैछन् ।

 शुक्रबार बेलुका ८ बजे काठमाडौंको सोल्टी होटेलमा गायक राघवले आफ्नो प्रस्तुति दिनेछन् । उनका ‘तेरी बातोमे ऐशा उल्झा जिया’, ‘डेस पार्डो’ लगायतका चर्चित गीतहरु रहेका छन् । नाजी इन्टरटेन्मेन्टले गायक राघवलाई नेपालमा ल्याउन लागेको हो । कार्यक्रमको टिकट इसेवाबाट काट्न सकिन्छ ।

सोमबार, ३१ बैशाख २०८१, १७ : ३४

प्रतिक्रिया