काठमाडौँ - सरकारले जयनगर बर्दिबास रेलमार्गको विजेलपुरा बर्दिबास खण्ड तथा बथनाह विराटनगरको रेलमार्गको निर्माण कार्यलाई तीव्रता दिने भएको छ । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो ।
‘पूर्व पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास चोचाह खण्डको निर्माण सम्पन्न गरिने छ । केरुङ काठमाडौँ रेलमार्गको सञ्चालन सम्भाव्यता अध्ययन शीघ्र सम्पन्न गरिनेछ । रक्सौल–काठमाडौँ रेलमार्गको लगानी विधि निर्क्योल गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइनेछ’, राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै बताए ।
प्रतिक्रिया