मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ उपत्यकामा आपूर्ति हुने

मंगलबार, ०१ जेठ २०८१, १७ : १०

काठमाडौँ - सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ ।

सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाई काठमाण्डौ उपत्यकाको चक्रपथबाहिर र भक्तपुरको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमशः खानेपानी आपूर्ति गरिने बताए । उनले काठमाण्डौ उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न शिवपुरी राष्ट्रिय निकुञ्जलगायत जलाधार क्षेत्रमा रहेका स्रोतबाट पानी सङ्कलन गरी वितरण गर्ने प्रवर्द्धन मिलाइने पनि बताए ।
 

मंगलबार, ०१ जेठ २०८१, १७ : १०

प्रतिक्रिया