गायक रवि ओड धरौटीमा रिहा

शुक्रबार, ०४ जेठ २०८१, ०९ : २८

काठमाडौँ – वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड रिहा भएका छन् ।  ओड धरौटीमा बिहीबार साँझ रिहा भएका हुन् ।

कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले जानकारी दिए  । ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका थिए । ‘नेपाल आइडल सिजन २’ विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो । ओड कञ्चनपुरको कृष्णपुर नगरपालिका निवासी हुन् ।

शुक्रबार, ०४ जेठ २०८१, ०९ : २८

प्रतिक्रिया