गीत ‘कालोकालो कपालमा खैरो कलर लाकी’ सार्वजनिक

शनिबार, ०५ जेठ २०८१, १४ : २०

काठमाडौंँ - अभिनेत्री प्रियंका कार्की अभिनीत रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलर लाकी’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर रहेको गीतमा सिवाकोटीलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन् ।

गीतको भिडियोको अभिनयमा प्रियंकालाई गम्भीर विष्टले साथ दिएका छन् । भिडियो निर्देशन समेत विष्टले नै गरेका हुन् । प्रियंकाको यो भिडियो सहित आरजे इन्टरटेन्मेन्टको औपचारिक युट्युब च्यानल सुरुवात गरिएको हो । सुरुवातको कोसेली स्वरूप आरजे इन्टरटेन्मेन्टले आनी छोइङ्डोल्माको स्वरमा ‘आकाश उज्यालो आकाशैको ताराले, जिन्दगी अँध्यारो लोभीपापी पाराले’ गीत र हाँस्यकलाकार राजेन्द्र नेपाली ‘लट्टे’को ‘हट पोटेटो’ नामक धारावाहिक कमेडी पनि बाहिर ल्याएको छ । 

शनिबार, ०५ जेठ २०८१, १४ : २०

प्रतिक्रिया