सिन्धुपाल्चोकको गोसाइँकुण्ड मार्ग शिलान्यास

शनिबार, ०५ जेठ २०८१, १४ : २९

काठमाडौँ - सिन्धुपाल्चोकको गोसाइँकुण्ड मार्ग सडकको शिलान्यास गरिएको छ  । हेलम्बु गाँउपालिकाको चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले शिलान्यास गरेका हुन्  ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले समयमै काम सम्पन्न गराउन लागी स्थानीयलाई उल्लेख्य सुधार गर्न आग्रह गरे । निर्माण व्यवशायीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने जिम्मा स्थानीयको भएकाले आवश्यक सहयोगको लागी आग्रह गरे । मन्त्री दुलालले हेलम्बुमा सडक विकासको प्रारम्भ भएकाले अब विकासको कामले गतिलिने बताए। प्रदेशले मेलम्ची ग्याल्थुम,किउल तिम्बु हुँदै मेलम्ची घ्याङ सडकलाई प्रदेशले गुरु योजनाको रुपमा अगाडी बढाएको भन्दै अहिले तत्कालै मेलम्ची खानेपानीले हेर्ने भएकाले बजेट हालेर काम गर्न कानुनी जटिलता भएपनि विभिन्न निकायलाई भनेर सडक पक्की गर्ने कुरामा प्रदेश सरकार सकारात्मक रहेको बताए ।

उनले अन्य मुख्य सडकको पनि स्तरोन्नति गर्ने र स्थानीय सडकको पनि स्थानीय तहसंग समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाए । मन्त्री दुलालले मेलम्ची खोलालाई दीर्घकालीन रुपमा कसरी नियन्त्रण गर्ने र यहाँ धनसम्पत्तिको कसरी संरक्षण गर्ने भन्ने बारेमा अध्ययन योजनाका साथ अगाडी बढ्ने प्रतिबद्धता जनाए । उनले हेलम्बुमा अझै विकासको वातावरण नभएको भन्दै तिन तहको सरकार महत्त्व हेलम्बुले नबुझेको बताए ।

उनले यस क्षेत्रको सांसदहरु, जनप्रतिनिधिहरु सबैले यहाँको लागी काम गर्नुपर्ने बताए। मन्त्री दुलालले राम्रो कामको सम्मान गर्ने र नराम्रो कामको सुझाव दिने बानीको विकास गर्नुपर्नेमा जोड दिए। उनले विकासको लागी पार्टीको बार भत्काएर अगाडी बढ्नका लागी आह्वान गरे। अन्य वडाको विकासको लागी समेत निरन्तर लागी पर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री दुलालले समयमै काम सम्पन्न गराउनका लागी सहयोग गर्न आह्वान गरे। 

शनिबार, ०५ जेठ २०८१, १४ : २९

प्रतिक्रिया