नेपाल इन्भेष्टमेन्ट बैंकको म्युचअल फण्ड आउँदै

५ बर्ष अगाडि

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले सामूहिक लगानी कोष निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंंकलाई सहायक कम्पनी एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत रु ५० करोड बराबरको ५ करोड इकाई एनआईबीएल सहभागिता फण्ड निष्कासन गर्न अनुमति दिएको हो ।

हालसम्म ३ ओटा बैंंकले सहायक कम्पनीमार्फत २ अर्ब ७० करोड रुपैयाँ बराबरको २७ करोड इकाइ म्युचअल फण्ड निष्कासन गर्न बोडबाट अनुमति पाएका छन् ।

नविल बैंकले १ अर्ब २० करोडको नविल व्यालेन्स फण्ड, सिटिजन्स बैंकले १ अर्ब रुपैयाँको सिटिजन्स म्युचअल फण्ड २ निष्कासन अनुमति पाएका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया