चार धाम यात्राका लागि अफलाइन दर्ता ३१ मेसम्म बन्द

मंगलबार, ०८ जेठ २०८१, १२ : ४६

काठमाडौँ - चार धाम यात्राका लागि भीड थेगिनसक्नु भएपछि यात्रामा जानका लागि नाम दर्ता बन्द गरिएको छ । भीडलाई हेरेर मे ३१ सम्म अफलाइन दर्ता बन्द गरिएको छ । 

त्यसपछि भने तीर्थयात्रीहरूको घुइँचो हेरेर फैसला गरिने बताइएको छ । उत्तरखन्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले चार धाम यात्राबारे समीक्षा बैठक गरेका थिए । बैठकमा उनले श्रद्धालुहरूको सङ्ख्या नियन्त्रित गर्न दूर अपरेटरहरुका लागि एड्भाइजरी जारी गर्ने निर्देशन दिएका थिए । उत्तर खण्डमा मे १० देखि चार धाम यात्रा सुरु गरिएको थियो । यात्रा सुरु हुने बित्तिकै चारै धाममा क्षमताभन्दा धेरै तीर्थयात्रीहरू पुगिरहेका छन् ।


 

मंगलबार, ०८ जेठ २०८१, १२ : ४६

प्रतिक्रिया