चीनमा नेपाली दूतावासले मनायो बुद्ध जयन्ती

३ हप्ता अगाडि

काठमाडौँ - चीनस्थित नेपाली दूतावासले २५६८ औँ बुद्ध जयन्ती मनाएको छ । बुद्ध जयन्तीको अवसरमा त्यहाँस्थित दूतावासमा आयोजना गरिएको कार्यक्रममा राजदूत, कूटनीतिज्ञ, विभिन्न सङ्घ संस्थाका चिनियाँ नागरिक, चीनमा बसोबास गर्ने नेपाली समुदायका सञ्चारकर्मीलगायतको उपस्थिति रहेको  नेपाली दूतावासले जनाएको छ ।

नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बुद्धका उपदेशले सम्पूर्ण मानव जातिलाई सभ्य, करुणामय, नैतिक र सार्थक जीवन बिताउन प्रेरित गर्ने बताए । पञ्चशीलको सिद्धान्तमा निहित दुई देश बिचको लामो समयदेखिको सम्बन्धले बौद्ध आध्यात्मिकताको प्रतीक रहेको बताउँदै उनले विश्वले सामना गरिरहेको विश्वव्यापी चुनौतीहरूको सामना गर्न बुद्धको उपदेश सार्थक हुने धारणा राखे ।

बुद्धिस्ट एसोसिएसन अफ चाइनाका उपाध्यक्ष भिक्षु चाङ जाङ र बेइजिङ लिगुंआङ मन्दिरका मठाधीशले नेपाल र चीनका जनता बिचको घनिष्ठ सम्बन्ध बारे प्रकाश पारेका थिए । उनीहरुले राष्ट्र र विश्व समुदायका लागि शान्ति र समृद्धिको लागि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका थिए । बौद्ध भिक्षुहरूले भगवान् बुद्धलाई विश्वव्यापी शान्ति र सद्भावका लागि प्रार्थना गरेका थिए । 

३ हप्ता अगाडि

प्रतिक्रिया