फिल्म ‘पूजार सार्की’ रिलिज

३ हप्ता अगाडि

काठमाडौँ - आज (बिहीबार) बाट देशभर फिल्म ‘पूजार सार्की’ रिलिज भएको छ । यो  बुद्ध जयन्तीको अवसर पारेर आएको हो  । 

प्रदीप खड्का, आर्यन सिग्देल, पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘पुजार सार्की’मा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको समेत अभिनय देख्न सकिन्छ ।

फिल्मको बिहीबार बिहान सिभिल मल स्थित क्युज चलचित्र भवनमा प्रेस शो गरिएको थियो । प्रेस शोमा फिल्म मनपरेको प्रतिक्रिया धेरैले दिए । विकास सुवेदीको लेखन रहेको फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बनेको हो । सुवाश भुषालको निर्माण रहेको फिल्ममा राजेश श्रेष्ठको डिओपी र हिमाल केसीको द्वन्द्व छ । 


 

३ हप्ता अगाडि

प्रतिक्रिया