नेपालगञ्ज–गुलरिया सडकको सकियो ६५ प्रतिशत काम

विहीबार, १० जेठ २०८१, १३ : १५

काठमाडौँ - हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत काम सकिएको छ । आयोजनाअन्तर्गत नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको हो  ।

११.६ किलोमिटर चार लेन र १६ दशमलव २ किलोमिटर दुई लेन गरी २७ दशमलव ६२ किलोमिटर सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो । शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा निर्माणको ठेक्का जिम्मा पाएको छ । नन्दनी मिलदेखि शुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी  छ ।

विहीबार, १० जेठ २०८१, १३ : १५

प्रतिक्रिया