‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक

३ हप्ता अगाडि

काठमाडौं - फिल्म  ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार  एक कार्यक्रमका आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। 

चलचित्रलाई नवीन सुब्बाले निर्देशन गरेका हुन।ट्रेलर बाबुछोराको स्नेही सम्बन्धको दृश्यबाट सुरु हुन्छ । भोजपुरको राई परिवारको खुसी त्यति बेला सङ्कटमा पर्छ, जति बेला गाउँमा मोटर आइपुग्छ । मोटरसँगै आउने लाहुरे, उनीहरूले ल्याउने उपहार र त्यसले यो आदिवासी परिवारमा आउने उतारचढावको कथा ट्रेलरले पेश गर्छ । चलचित्रको कथा छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ राई) वरपर घुम्छ ।

ट्रेलर पनि यी नै बाबुछोराको मायाबाट सुरु भएको छ। लाहुरेले ल्याउने उपहार र त्यसले गरिब परिवारमा आउने उतारचढावको कथा ट्रेलरमा देखाईएको छ। गाउँमा बाटो र मोटर आएपछि भोजपुरको राई परिवारमा निम्तिएको संकट चलचित्रको मूल सार हो। लाहुरेले ल्याउने उपहार र सडकसँगै आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, चाउचाउ, त्रिपाललगायतले मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तनको कथालाई पर्दामा उतारिएको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया