नाटक 'म्यारीज प्रपोजल' मञ्चन शुरू

शुक्रबार, ११ जेठ २०८१, १२ : ४७

काठमाडौँ-  नाटक 'म्यारीज प्रपोजल' बुधबारबाट मञ्चन शुरूवात भएको छ । आन्तोन चेखभको लेखनमा चे शंकरको छायानुवादमा रहेको नाटक बुधबार (प्रिमियर शो)  सहित कुञ्ज थिएटर थापागाउँमा मञ्चन शुरूवात भएको हो ।

संगीत सापकोटा र आशीष घिमिरेले नाटकलाई निर्देशन गर्नुभएको हो । कलासी प्रोडक्सनको प्रस्तुति एवं कर्मन कलासँगको सहकार्यमा नाटक बुधबार (प्रिमियर शो) बाट जेठ २७ गतेसम्म मञ्चन गर्न लागिएको निर्देशक द्वयले बताउनुभयो  ।

नाटकले विसंगतिवादी विषयवस्तुलाई समावेश गर्दै मनोरञ्जनात्मकता झल्काउने प्रयास गरेको छ । सन् १८९० को विषयवस्तुलाई समावेश गर्दै अहिलेको परिस्थिति सापेक्ष रूपमा नाटक तयार गरिएको छ ।नाटक पछिको अन्तरक्रियामा कलाकारहरूले पुरानो परिवेशलाई परिस्थिति सुवाउदोँ हिसावले नाटक मञ्चन गरिएको बताउनुभयो । कडेमी जनराबाट नाटकको विदा तर्फ प्रवेश गर्नुभएका कलाकार डोरेस खतिवडाले कमेडी र नाटक धेरै फरक पाटोका विषयवस्तुहरू भएको बताउनुभयो । उहाँले कमेडी एक्टिङमै सिमित रहने र नाटक सधैं जीवन्त रहने बताउनुभयो ।

सन् २०१८ मा मण्डला थिएटरमा प्रस्तुत गरिएको नाटकको विषयवस्तुलाई भारतको अलावादमा भएको कुम्भ फेस्टिबलमा सन् २०१९ मा मञ्चन गरिएको थियो भने, पुनः बंगलादेशको राजशाहिमा बोङंबोन्धु थिएटर फेस्टिबलमा प्रस्तुत गरिएको थियो ।नाटकमा ४ जना पात्रहरू रहनुभएको छ । जसमा विजया कार्की (रूक्मिणि देवी), डोरेस खतिवडा (रञ्जित विष्ट) , चन्द्र नेपाली (तोपजंग ठकुरी) र सुन्दर धिताल (बोधे) पात्रका रूपमा अभिनयमा रहनु भएको छ । उक्त नाटकलाई सन् २०१८ मा ३ जना पात्रहरू मार्फत मञ्चन गरिएको थियो । नाटकले विभिन्न सामाजिक मनोभावनालाई आत्मसात् गर्दै आगामी पुस्ताका नेतृत्वदायी भुमिका चित्रणमा समेत ओत पुर्याउने विश्वास लिइएको छ । करिब चालिस मिनेटमा समावेश रहेको नाटको विषयवस्तु लाई परिस्कृत गर्दै १ घण्टा १० मिनेट नाटक समयावधि तय गरिएको छ । नाटक हरेक दिन साँझ ५ : ३० बजेबाट शुरुवात हुने छ भने, शनिबार अतिरिक्त शो  दिउँसो १स्३० बजे पनि राखिएको छ ।

कलाशी प्रोडक्सनले हालसम्म '२४ मा १२', 'अधेरी नगरी चौपट राजा','ज्ञानको चिहान' र समय पीडा नाटक मञ्चन लगायत विभिन्न क्षेत्रमा काम गरिसकेको छ ।

शुक्रबार, ११ जेठ २०८१, १२ : ४७

प्रतिक्रिया