काठमाडौँ - चर्चित लोकगायक राजु परियार र गायिका निकी थापाको स्वर रहेको दोहोरी गीत मुटु काट्यो सार्वजनिक भएको छ । गीतमा शब्द सृजना लोकगायक साजन कुँवरको रहेको छ ।
राजु परियारले नै सङ्गीत दिएको गीतको भिडियोमा सरोज प्रजा र विना राउत फिचर्ड छन् । गीतमा माया प्रेम र सम्बन्धमा देखिएका समस्या र गुनासोलाई प्रस्तुत गरिएको छ। सुजन कोइरालाले सम्पादन गरेको गीतको भिडियोलाई निशान बानियाले निर्देशन गरेका हुन् । गीत निकी थापा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया