पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘नबुझिएको जीन्दगी’ सार्वजनिक

३ हप्ता अगाडि

काठमाडौँ - पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘नबुझिएको जीन्दगी’ नामक गीति एल्बम सार्वजनिक गरिएको छ । गायक बिनोद राई, राज सिग्देल, रवि ओड, रुपक चौधरी र संगीता शाक्य थापाको स्वर तथा महेश खड्का, सुनील मास्के, सुदेश शर्माको संगीत रहेको एल्बम शुक्रबार सार्वजनिक गरिएको हो ।

 यसका लागि ललितपुरको कुपन्डोलमा आयोजित समारोहमा प्रमुख अथिति वरिष्ठ संगीतकार प्रा। दीपक जंगम उपस्थित थिए भने उनले सार्वजनिक गरेको एल्बममा  जीन्दगी, तिमीसँग, एक झलक, कहिले आँखाले र मेरो भगवान बोलका गीत रहेका छन् । समारोहमा गायक आनन्द कार्कीको सांगीतक प्रस्तुति दिए भने कार्यक्रममा न्याय र राजनीति क्षेत्रका विशष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।  पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको यो दोस्रो एल्बम हो । 

३ हप्ता अगाडि

प्रतिक्रिया