चालू आवमा ५३.२ प्रतिशत सडक कालोपत्रे

आइतबार, १३ जेठ २०८१, १३ : ०३

काठमाडौँ - चालू आर्थिक वर्ष २०८०\८१ को फागुन महिनासम्म सरकारले निर्माण गरेको सडकको लम्बाई ३४ हजार २६७ किलोमिटर पुगेको छ । जसमध्ये ५३.२ प्रतिशत सडक कालोपत्रे भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज संसदमा चालू वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै विकासको फेहरिस्त सुनाएका हुन् । यस्तै उनले ऊर्जातर्फ बिजुली उत्पादनमा नेपाल आत्मनिर्भर उन्मुख बनेको बताए  । कूल जडित क्षमता ३ हजार मेगावाटभन्दा माथि पुगेको अर्थमन्त्रीले बताए । फागुन महिनासम्ममा ९७.७ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको बताए । यस्तै सिँचाइ योग्य जमिनमा ८८.५ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको अर्थमन्त्रीले बताए ।

आइतबार, १३ जेठ २०८१, १३ : ०३

प्रतिक्रिया