काठमाडौँ - फिल्म 'लण्डन टु पेरिस' को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार दिउँसो ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज ट्रेलरमा त्रिकोणात्मक प्रेमसम्बन्धलाई देखाइएको छ ।
प्रेम, नोंकझोंक र विछोडको कथा ट्रेलरमा देख्न सकिन्छ। घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्ममा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा र करिब खड्का शीर्ष भूमिकामा छन्। यो फिल्मले ट्राभल लभस्टोरीको कथा प्रस्तुत गर्छ। यसको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। निश्चल र गरिमाले यही फिल्मबाट डेब्यु गर्न लागेका हुन्।
एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ। फिल्ममा अमित बस्नेतसहित आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माताका रूपमा छन् । फिल्ममा अभेद परव र कुनाल कदमको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड संगीत, लङ्गनेस फर्नान्डेजको कोरियोग्राफी छ।
https://youtu.be/gw-c20KEDIM?si=qVe8sIAwcIOFUyRp
प्रतिक्रिया