रिडी पावरको हकप्रद शेयर नेप्सेमा सुचिकृत

विहीबार, १७ जेठ २०८१, १० : ४९

काठमाडौं- रिडी पावर कम्पनी लिमिटेडले विक्री गरेको ५० प्रतिशत हकप्रद शेयर धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर सोमवार धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको हो । यी शेयर मंगलवारदेखि कारोबारयोग्य हुनेछन् । सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हकप्रद शेयर हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

यस कम्पनीले गत फागुन १८ गतेदेखि चैत ८ गतेसम्म साविक चुक्तापूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रूपैयाँको आधारमा ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर कम्पनीले विक्री गरेको थियो । सो अवधिसम्म विक्री खुला गर्दा वितरण हुन नसेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद शेयर भने कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गरेको हो । 

कम्पनीले चैत २९ गतेदेखि वैशाख ९ गतेसम्म अवितरित हकप्रद शेयर विक्री गरेको थियो । ५० प्रतिशत हकप्रद शेयरपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रूपैयाँ कायम भएको छ । यस कम्पनीको संस्थापकतर्फको शेयर २०७३ साल चैत १८ गतेदेखि सर्वसाधारण शेयर सहर कारोबार योग्य भएको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पुरा गरेको छ ।

विहीबार, १७ जेठ २०८१, १० : ४९

प्रतिक्रिया