काठमाडौँ - नेपाली फिल्म ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।
अभिनेत्री पूजा शर्माले एक्सन भुमिका निर्वाह गरेको चलचित्रमा कुन्साङ बोन्जनको शीर्ष भुमिका रहेको छ । फिल्मलाई रूपेश तामाङले निर्देशन गरेका हुन् भने देव मगर र अनुप गडाल निर्माता हुन् । नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको चलचित्र पूजा र कुन्साङबाहेक विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ ।
श्री श्रेष्ठ द्वन्द्व निर्देशक रहेको चलचित्रमा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह-निर्माता छन् । ट्रेलरमा नायिका पूजा शर्माको एक्सनलाई स्थान दिइएको छ । नवनायक कुन्साङ बोमजोमसँग पुजाको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ । चलचित्र यहीँ असनर ७ गतेबाट रिलिज हुँदैछ।
प्रतिक्रिया