‘बेहुली फ्रम मेघौली’ फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक

शनिबार, १९ जेठ २०८१, १२ : ३१

काठमाडौँ - फिल्म ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। अभिनेत्री स्वस्तिमा खड्कामात्र फिचर भएको सो फिल्मको पोस्टर शनिबार सार्वजनिक गरिएको हो ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको सो फिल्म यही वर्षको दशैंमा रिलिज हुँदैछ। फिल्ममा स्वस्तिमाको जोडी उनकै श्रीमान् निश्चल बस्नेत बनेका छन्। काफ्ले एवम् बरालकै जोडीले सिनेमाको कथा लेखेका हुन् भने यो उनीहरुको डेब्यू निर्देशन हो। रोमको जनरामा रहेको सिनेमामा स्वस्तिमा तथा निश्चलका अलावा आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको पनि अभिनय रहेको छ। स्वस्तिमा खड्का तथा निश्चल बस्नेतको संयूक्त निर्माण रहेको फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन्।

 

शनिबार, १९ जेठ २०८१, १२ : ३१

प्रतिक्रिया