फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति परिवर्तन

आइतबार, २० जेठ २०८१, १२ : ४३

काठमाडौँ - यसअघि आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म एक साता अगाडि सरेको छ। फिल्म अब ३ असोजमा प्रदर्शन हुनेछ । 

फिल्मलाई संविधान दिवसको अवसर पारेर एकसात अगाडि रिलिज गर्न लागेको निर्माता कलाकार नीता ढुंगानाले बताइन् । ‘वितरण कम्पनी र निर्माण टिमको सल्लाहमा फिल्मको रिलिज मिति हेरफेर भएको हो’, उनले भनिन् । अहिले धमाधम डबिङमा रहेको फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा नीतासँगै, हरिहर अधिकारी, दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै बिपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको अभिनय रहेको छ । 

सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौँमा छायाङ्कन गरिएको छ । अभिनेता हरिहर अधिकारीको कथा रहेको फिल्म बलिउडका स्थापित छायांकार कविरलालको छायाङ्कन छ । फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने कोरियोग्राफी रहेको फिल्म निता फिल्मस्को ब्यानरमा तयार भएको हो ।

आइतबार, २० जेठ २०८१, १२ : ४३

प्रतिक्रिया