महानगरले भत्काएको सडक पिच गर्न खोजेपछि विवाद

सोमबार, २१ जेठ २०८१, १२ : ४२

काठमाडौँ-  न्युरोड क्षेत्रको सडकका विषयमा सडक विभाग र काठमाडौँ नगर प्रहरीबिच विवाद भएको छ । काठमाडौँ महानगरले फुटपाथ विस्तारका लागि न्युरोड क्षेत्रको सडक भत्काएको सडक विभागले पिच गर्न खोजेपछि विवाद भएको हो ।

सडक विभागले सोमबार बिहान सडक पिच लागेपछि काठमाडौँ महानगरको प्रहरीले अवरोध गरेको छ । विवाद मिलाउन अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरूबिच न्युरोडमा छलफल भइरहेको छ ।

सोमबार, २१ जेठ २०८१, १२ : ४२

प्रतिक्रिया