हुलाकी सडकको मुआब्जा नपाएपछि अनसन सुरु

मंगलबार, २२ जेठ २०८१, १७ : ०३

काठमाडौँ - बाराका स्थानीयले हुलाकी सडकले अधिग्रहण गरेको जग्गाको मुआब्जा नपाएको भन्दै रिले अनसन सुरु गरेका छन् । पीडितहरूले मंगलबारदेखि काठमाडौँको माइतीघरमा अनिश्चितकालीन रिले अनसन सुरु गरेका हुन् ।

तामागढी–सिम्रौनगढ हुलाकी सडकले बारा- १ को जग्गा अधिग्रहण गरी मुआब्जा भने नदिएको मुआब्जा संघर्ष समितिको आरोप छ । पीडितहरूले पटक–पटक आन्दोलन र अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको समितिको भनाई छ । तामागढी–सिम्रौनगढ हुलाकी सडक २०७८ चैत १८ गते सम्पन्न भएको थियो । ३९.७५ किलोमिटर सडक निर्माणका क्रममा सडक विस्तारमा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो ।

मंगलबार, २२ जेठ २०८१, १७ : ०३

प्रतिक्रिया