हावाहुरीले रुख ढल्दा एक किशोरीको मृत्यु

विहीबार, २४ जेठ २०८१, ०९ : ४६

काठमाडाैं- कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको  हावाहुरीले ढलेको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति करिब ८ बजे घर नजिकैको साजको रुख घरको आगनमा ढलेको थियो । गर्धनमा हाँगाले लागेर च्यापिएकी बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । aबुधबार राति कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिममा हावाहुरीसँगै सामान्य वर्षा भएको थियो ।

विहीबार, २४ जेठ २०८१, ०९ : ४६

प्रतिक्रिया