काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेले र्यौन दुव्र्यव्हारको आरोपमा इन्सपेक्टर शिवाकोटी पक्राउ गरेको पुष्टि गर्दै उक्त घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कारबाही गरिने बताए ।
प्रहरी स्रोतका अनुसार बालिका शिवाकोटीको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आइरहेकी थिइन् ।
उजुरी लगतै प्रहरी वृत्त स्वयम्भूले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो । शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त स्वयम्वुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई शिवाकोटी पक्राउ परेको बारे जानकारी गराइसकेको छ ।
प्रतिक्रिया