दक्षिणकालीमा  महिला र पुरुषको शव फेला, दुर्घटना कि हत्या अनुसन्धान गर्दै प्रहरी

विहीबार, २४ जेठ २०८१, १० : २०

काठमाडाैं-  काठमाडौंको दक्षिणकाली नगरपालिका ८ स्थित केराबारीको खोंचमा २ जनाको शव फेला परेको छ । बिहीबार बिहान एकजना महिला र अर्को पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिनेमा धादिङको सिद्धलेख गाउँपालिका -५ घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल चाँगुनारायण- ५ भक्तपुर बस्ने ३२ वर्षीया र सबिना राई रहेको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ ।  स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

विहीबार, २४ जेठ २०८१, १० : २०

प्रतिक्रिया