फिल्म ‘लन्डन टु पेरिस’ सार्वजनिक

शुक्रबार, २५ जेठ २०८१, १६ : २०

काठमाडौँ - आजदेखि  नयाँ नेपाली फिल्म ‘लन्डन टु पेरिस’प्रदर्शनमा आएको  छ । घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी लगायतको अभिनय रहेको फिल्म हो ।

निश्चल र गरिमाले यहि फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । ट्राभल लभस्टोरीको कथामा बनेको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्म गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको सहकार्यमा बनेको हो । अमित बस्नेतले निर्माण गरेको फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले वितरण गरेको हो ।

शुक्रबार, २५ जेठ २०८१, १६ : २०

प्रतिक्रिया