फिल्म ‘गाउँ आएको बाटो’ सार्वजनिक

शुक्रबार, २५ जेठ २०८१, १६ : २६

काठमाडौँ - फिल्म ‘गाउँ आएको बाटो’ प्रदर्शनमा आएको छ  । ‘गाउँ आएको बाटो’ गाउँको कथा बोलेको फिल्म हो । नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईको मुख्य अभिनय छ ।

बाबुछोरोको कथामा निर्माण भएको फिल्म मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण गरिएको हो । अमोद राई र निर्देशक सुब्बा निर्माता रहेको फिल्मको पटकथा निर्देशनमा सुब्बाले महेश राईसँग सहकार्यमा तयार गरेका हुन् । फिल्मको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ, भने कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई हुन् ।

शुक्रबार, २५ जेठ २०८१, १६ : २६

प्रतिक्रिया