'तँई का ठमक’ सार्वजनिक

शनिबार, २६ जेठ २०८१, ११ : ४४

काठमाडौँ - नयाँ म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक भएको छ । पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनिशालाई अभिनयमा पुरुष मोडलको रूपमा गोविन्द भट्ट र बाबुल गिरीले साथ दिएका छन् ।

भिडियोमा प्रियंका र बेनिशाको हट अवतार देख्न सकिन्छ । गोविन्द भट्ट यस गीतका गीतकार हुन् भने बाबुल गिरी संगीतकार । भिडियोमा प्रियंका र बेनिषासँग दुवैको जोडी सुहाएको देख सकिन्छ । गीतमा संगीतकार गिरी र इब्सल सन्ज्यालको स्वर छ ।  गीतको एरेन्ज धनबहादुर गिरीले गरेका हुन् । गरिमा फिल्मस्ले निर्माण गरेको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

https://youtu.be/J_lAIjCzK78

शनिबार, २६ जेठ २०८१, ११ : ४४

प्रतिक्रिया