‘पूर्ण बहादुरको सारङ्गी’को छायाङ्कन सुरु

शनिबार, २६ जेठ २०८१, १२ : ३४

काठमाडौँ - फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायाङ्कन सुरु गरिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मले ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट छायाङ्कन सुरु गरेको हो ।

फिल्मका लागि पहिलो दृश्य प्रकाश सपूत र बाल कलाकार जान्भि पौडेल दिए । फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकार पनि देखिनेछन् । फिल्मको बालकलाकारमा जान्भिको अलवा स्वायम् केसीको अभिनय रहनेछ । फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् ।

फिल्ममा उनकै लेखक रहेको छ । सोसल–ड्रामा जनरामा बन्ने फिल्म गन्धर्व परिवारको कथामा आधारित रहनेछ । फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहने छ ।विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् ।

शनिबार, २६ जेठ २०८१, १२ : ३४

प्रतिक्रिया