गीत  ‘माया छ कि छैन’  सार्वजनिक

शनिबार, २६ जेठ २०८१, १४ : ३७

 

काठमाडौं - गायिका ईश्वरी बरालले नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक भएको छ । गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ।

भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय छ। गीत श्री ईश्वरी प्रडक्सन युटुव च्यानलबाट सार्वजनिक गरिएको छ। म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ। भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको छ।

कोरियोग्राफि शिशिर खातीले गरेका छन्। शब्द,सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरी लगायत छन्।

शनिबार, २६ जेठ २०८१, १४ : ३७

प्रतिक्रिया