मकवानपुरमा मानव कंकाल फेला

शनिबार, २६ जेठ २०८१, १५ : ३२

काठमाडौँ - मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ झ्याङटार बुर्जडाँडा खोल्सामा मानव कंकाल  फेला परेको छ । स्थानीय पानीको मुहान खोज्दै जाने क्रममा पहिचान हुन नसकेको कंकाल फेला परेको हो ।

कंकालसँगै निलो रङ्गको ज्याकेट र भेन्टा रङ्गको कुहिएको टिसर्ट फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । पुरुषको जस्तो देखिने र कंकाल अन्दाजी १७–१८ फिट तल टाउको जस्तो देखिने खप्पर फेलापारी घटनास्थल मुचुल्का गरी अस्थिपञ्जरलाई इलाका प्रहरी कार्यालय मनहरी ल्याइएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार, २६ जेठ २०८१, १५ : ३२

प्रतिक्रिया