काठमाडौँ - फिल्म 'ऊनको स्वीटर'को आजबाट छायाङ्कन सुरु गरिएको छ। पाँचथरको साधुटारमा छायाङ्कन सुरु गरिएको निर्देशक नवीन चौहानले बताए ।
उनका अनुसार फिल्मको सेड्युल ३५ दिनको तय गरिएको छ । फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ । विपिन र मिरुनाले तीन दिनपछि फ्लोर ज्वाइन न गर्नेछन् । त्यसैगरी एलेक्स पारस, परीक्षा लिम्बू, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय छ । फिल्मलाई निर्देशक चौहानले नै लेखेका छन् भने सह-लेखन सुरज कटुवालले गरेका छन् । फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिचेका छन् ।
प्रतिक्रिया