वेभसिरिज ‘साहु बा’को टिजर सार्वजनिक

सोमबार, २८ जेठ २०८१, १४ : २३

काठमाडौं - वेभसिरिज ‘साहु बा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार ठमेलमा एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरेको हो । 

२४ एपिसोडको यो सिरिजमा ३८० भन्दा बढी कलाकारको अभिनय रहेको निर्माण पक्षको दाबी छ ।  निर्देशक एवं लेखकका अनुसार यो सिरिज तीन वर्ष लगाएर तयार गरिएको हो । यसमा सरिता गिरी, प्रियंका कार्की, नम्रता श्रेष्ठ, कविता नेपाली, छुल्ठिम गुरुङ, अभिनेश शाह, रमेश अधिकारीलगायतको अभिनय रहेको छ । यो म्युजिक नेपाल र फ्रेम इन मोसनको सहकार्यमा निर्माण भएको हो । साउन अन्त्यबाट एपीवान टेलिभिजनबाट यसको प्रसारण गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । 

https://youtu.be/yUVA7ZgoU4Q

सोमबार, २८ जेठ २०८१, १४ : २३

प्रतिक्रिया