गायक तिम्सिनाको ‘धेरै कोशिस’ सार्वजनिक

१ हप्ता अगाडि

काठमाडौं - गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक भएको छ । भूपेशकै शब्द, संगीत, र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निशान घिमिरेको निर्देशन रहेको गीतको भिडियोमा स्मरिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा सञ्जय अधिकारीको सम्पादन छ। गीतको भिडियोमा आफूले माया गर्ने मान्छेप्रतिको समर्पण भाव व्यक्त गरिएको छ । गीतको अडियो र भिडियो दुवै सशक्त छ । गीतको भिडियो भूपेशको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । लामो समयदेखि अमेरिका बसोवास गर्दै आएका तिम्सिनाले धेरै नेपाली गीत गाएका  छन् भने केही हिन्दी गीतमा समेत स्वर दिएका छन् । 

१ हप्ता अगाडि

प्रतिक्रिया