अभियन्ता तथा व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित

बुधबार, ३० जेठ २०८१, ११ : ४८

काठमाडौं-  बेलायत लेस्टरका एकजना सफल नेपाली व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित भएका छन् ।लण्डनबाट सन्चालित अनलाइन मिडिया साउथ एसिया टाइमले शनिबार एक कार्यक्रमबीच सापकोटालाई उनको सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको हो ।

बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा। सूर्यप्रसाद सुवेदीले सापकोटालाई सम्मान गरे । सापकोटा सन् २००६ बाट नै गैर आवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा थिए ।उनले नेपालमा आपतविपत र प्राकृतिक विपत्ति हुँदा होस् वा शैक्षिक तथा स्वास्थ्य क्षेत्र, निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् ।

बाग्लुङ काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका दयानिधि स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे ।

करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायत आएका हुन् । बेलायतको लेस्टरमा दुई इटालियन रेष्टुरेन्टका सन्चालक सापकोटा इटालियन खानाको कुशल सेफ पनि हुन् ।
 

बुधबार, ३० जेठ २०८१, ११ : ४८

प्रतिक्रिया