असार ३ गते सार्वजनिक बिदा

शुक्रबार, ३२ जेठ २०८१, १६ : ३५

काठमाडौँ - सरकारले बक्र ईद (उल-अजहा) पर्वका अवसरमा असार ३ गते सार्वजनिक बिदा दिने भएको छ।

इस्लाम धर्मावलम्बीको पर्व बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन्। गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, “इस्लाम धर्मावलम्बीको पर्व बक्र ईद (उल-अजहा)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

bakra eid.jpg

शुक्रबार, ३२ जेठ २०८१, १६ : ३५

प्रतिक्रिया