फैजु इन्टरनेशनल पेजेन्ट एन्ड फेसन क्लबको अध्यक्षमा

शनिबार, ०१ असार २०८१, १२ : ०७

काठमाडौँ - नेपाली मोडल तथा अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु इन्टरनेशनल पेजेन्ट एन्ड फेसन क्लबको अध्यक्ष  चुनिएका छन् ।

मलेसियाको कोटाकिना बालु सहरमा आयोजित नेपाल सहित इन्डिया, मलेसिया, फिलिपिन्स, साउथ कोरिया, इन्डोनेसियालगायत दर्जन बढी देशका ‘इन्टरनेशनल पेजेन्ट एन्ड फेसन क्लब’ का राष्ट्रिय निर्देशकहरूको भेलाले फैजुलाई अध्यक्ष चुनेका हुन् । ‘इन्टरनेशनल पेजेन्ट एन्ड फेसन क्लबको’ उद्देश्य अन्तर्राष्ट्रिय क्षेत्रमा गुणस्तरीय पेजेन्ट तथा फेसन शोका कार्यक्रमहरू आयोजना गर्ने रहेको छ । क्लब मार्फत नेपालमा अन्तर्राष्ट्रिय स्तरका पेजेन्ट र फेसनका कार्यक्रम भित्र्याएर नेपालको पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्ने आफ्नो लक्ष्य रहेको फैजुले बताए ।

क्लबले पर्यटन र संस्कृति अलवा विभिन्न देशका राष्ट्रिय निर्देशकहरूसँग समन्वय गरेर पेजेन्स र फेसन उद्योगलाई पछिल्लो समयको ट्रेन अनुसार कसरी लाने, गुणस्तरीय कसरी बनाउने र फेसनमार्फत आफ्नो देशको भेसभुसा अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने भन्ने विषयमा पनि काम गर्नेछ । त्यस्तै आ–आफ्नो देशको महत्त्व बोकेको संस्कृति,  हेरिटेजलगायतलाई फेसनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आफ्ना देशका डिजाइनलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा चिनाउन समेत जोड दिनेछ । पेजेन्टमा भएको नराम्रो चिजहरूलाई छलफलमार्फत हल गरी ट्रेनिङ, टक्नोलोजी लगायतका विषयमा समयसापेक्ष  र स्तरीय कसरी बनाउने भन्नेमा समेत काम गर्नेछ ।

शनिबार, ०१ असार २०८१, १२ : ०७

प्रतिक्रिया