कानुन बनाउने थलोमै कर्मचारीको आन्दोलन

मंगलबार, ०४ असार २०८१, १३ : ३१

काठमाडौं – कानुन बनाउने थलो संघीय संसदका कर्मचारीहरु नै अन्याय भयो भन्दै हातमा  कालोपट्टी बाँधेर आन्दोलनमा उत्रेका छन् । तलव सुविधा बढाउन माग गर्दै केही दिनदेखि आन्दोलनमा रहेका संघीय संसद सचिवालयका कर्मचारीहरु आज पनि विरोधमा उत्रिएका छन् । उनीहरुले संसद भवन परिसरमै धर्ना दिएका हुन् । 

सरकारी पोशाकमा आइडी कार्ड भिरेर धर्नामा बसेका कर्मचारीहरुले विरोधस्वरूप हातमा कालोपट्टी बाँधेका छन् । संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासे, उपाध्यक्ष प्रमिला पौडेल गौतम, सचिव सरस्वती रिजाल, कोषाध्यक्ष रामकृष्ण भेटवाललगायतको त्यहाँ उपस्थिति रहेको जनाइएको छ ।

प्रोत्साहन भत्तालगायत ११ बुँदे माग राखेर आन्दोलनमा ओर्लिएका कर्मचारीहरुको सरोकार सम्बोधन गर्न सभामुख देवराज घिमिरेले हिजो छलफल आयोजना गर्नुभएको थियो । आज अर्थमन्त्री वर्षमान पुनसँग छलफल हुने बताइएको छ ।
कर्मचारीहरुको आन्दोलनमा नैतिक समर्थन जनाउँदै प्रमुख दलका सचेतकहरुले समेत नियम अनुसारको सुविधा कर्मचारीहरुले पाउनेपर्ने भनेका छन् । 
 

मंगलबार, ०४ असार २०८१, १३ : ३१

प्रतिक्रिया