काठमाडौँ - श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
रौतहटको राजपुर नगरपालिका वडा नं. ५ बस्ने मदनी चौक बस्ने मसुद आलम लहेरीलाई जेठी श्रीमती नजाबुन नेसालाई घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादका कारण लहेरीले जेठी श्रीमती नेसालाई घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।उनले घटनाको अनुसधानका क्रममा श्रीमतीको घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताईन् ।
प्रतिक्रिया