काठमाडौं । । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी, अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिद दर १३३.२४ रुपियाँ र बिक्री दर १३३.८४ रुपियाँ निर्धारण गरेको छ, जुन हिजो खरिद १३३.१६ रुपियाँ र बिक्री १३३.७६ रुपियाँ थियो ।
त्यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८८.८८ रुपियाँ र बिक्री दर ८९.२८ रुपियाँ रहेकामा हिजो भने खरिद ८८.०७ रुपियाँ र बिक्री ८८.४७ रुपियाँ थियो ।
साथै, हिजो क्यानेडियन डलर १ को खरिद मूल्य ९६.८३ रुपियाँ र बिक्री मूल्य ९७.२७ रुपियाँ रहेको थियो । आज भने उक्त मुद्राको खरिद ९७.१७ रुपियाँ र बिक्री ९७.६१ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया