काठमाडाैं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक फेर्ने चर्चा कतै नचलेको बताएका छन्। चितवनमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले कसैले चर्चा चलाइको र त्यसमा सत्यता नरहेको बताएका हुन्।
कुनै हरिबिजो कन्ति बिजोक डटकमले लेखेको समाचारको हेडलाइन पढेर यथार्थ नबुझिकन बोल्नु गलत भएको बताएका छन् । उनले भने,‘ ‘त्यसको आफ्नो चेन अफ् कमान्ड हुन्छ, आफ्नो प्रक्रिया हुन्छ। त्यसैले बीचमा प्रक्रिया मिचेर अगाडि आएको छ कि, त्यो सबै होल हिस्ट्री हेरिन्छ आफ्नै विधि प्रक्रिया मापदण्ड हुन्छन् ।‘ गृहमन्त्रीले डिआइजी नसारे के सार्छ त भन्दै उनले प्रतिप्रश्न गरे। डिआइजी बढुवामा पालो मिचिएको भन्ने पत्रकारको जिज्ञासामा उनले त्यस्तो कहिले पनि नहुने बताए।
‘त्यसको आफ्नो चेन अफ् कमान्ड हुन्छ, आफ्नो प्रक्रिया हुन्छ। त्यसैले बीचमा प्रक्रिया मिचेर अगाडि आएको छ कि, त्यो सबै होल हिस्ट्री हेरिन्छ। हिस्ट्री ९इतिहास० हेरेर चेन अफ् कमान्डभित्र भएका कुरा हुन्,’ उनले भने।
प्रतिक्रिया